भेटिएको १५ हजार भारु बुझ्न आउन प्रहरीको आग्रह |
काठमाडौं । प्रहरीले बेवारिसे अवस्थामा भेटिएको भारतीय रुपैयाँ १५ हजार सप्रमाण बुझ्न आउन आग्रह गरेको छ । महानगरीय प्रहरी कार्यालय रानी पोखरीका अनुसार महानगरीय प्रहरी वृत्त लैनचौरबाट गस्तीमा खटिएको प्रहरी टोलीले हिजो बेलुकी ३ः१५ बजे उक्त रकम बेवारिसे अवस्थामा फेला पारेको हो ।
प्रहरीका अनुसार गस्तीका क्रममा काठमाडौं महानगरपालिका– २६, ठमेलस्थित फायर कलब मोडमा प्र.ज. योगेश डिसीले रातो कालो रङको पर्सभित्र सो रकम फेला पारेका हुन् ।