कामना सेवा विकास बैंकद्वारा सर्भिस बुथ हस्तान्तरण
काठमाडौं । कामना सेवा विकास वैंकले यही चैत्र २२ गते बुधबार आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत काठमाडौं महानगरपालिका वडा नं. ३ को कार्यालय र जोड इनिसियटिभसँगको सहकार्यमा बाँसवारी, काठमाडौंस्थित जुत्ता मेन्डरको लागि निर्माण गरिएको एक बूथ प्रदान गरेको छ ।
उक्त बूथले स्थानिय उद्यमीलाई व्यवसाय गर्न सुविधा युक्त वातावारण वनाउने उद्देश्य रहेको छ ।उक्त बूथको समुद्घाटन काठमाडौं महानगरपालिका वडा नं.३ का वडा सदस्य कृष्ण राज चालिसेले गरेका थिए । बूथ बाँसवारी स्थित जुत्ता मेन्डर नरेश महरालाई हस्तान्तरण गरिएको थियो ।
वैकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत गर्ने यस्ता कार्यले जुत्ता मेन्डरहरुलाई एक व्यवस्थित स्थान प्रदान गरि उनिहरुको आफ्नो जीविकोपार्जन गर्न सहयोग पुगोस भन्ने उद्देश्य रहेको वैंकले लिएको छ ।