ग्लोबल हाईड्रोपावरले आइपीओ निकाल्दै, विक्री प्रबन्धकमा मेगा क्यापिटल र नेपाल एसबिआई मर्चेन्ट
काठमाडौं । ग्लोबल हाईड्रोपावर एसोशिएट्स लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । आइपीओ निष्काशन गर्न शेयर विक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्स लिमिटेड तथा नेपालएसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेड बीच सम्झौता गरेको छ ।
एसोशिएट्सले एक सय रुपैयाँ अंकित ५८,६०,००,००० रुपैयाँको शेयर पूँजी बराबरको ५८,६०,००० कित्ता साधारण शेयरको प्रत्याभूति सेवा उपलब्ध गर्नको लागि दुई क्यापिटलसँग सम्झौता गरेको हो ।
मंगलबार एक कार्यक्रमकाबीच ग्लोबल हाईड्रोपावर एसोशिएट्स लिमिटेडका तर्फबाट अध्यक्ष मोतीलाल दुगड,मेगा क्यापिटल मार्केट्स लिमिटेडका तर्फबाट का. मु. प्रमुख कार्यकारी अधिकृत शुलभ श्रेष्ठ र नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत देवराज अधिकारीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन ।