डिप्रोक्स लघुवित्तले २० प्रतिशत लाभांश अनुमोदनका लागि डाक्यो सत्रौं वार्षिक साधारण सभा |
काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले माघ ११ गते सत्रौं वार्षिक साधारण सभा आह्वान गरेको छ । गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको लघुवित्तले लाभांश अनुमोदनका लागि सभा आह्वान गरेको हो ।
लघुवित्तले लाभांश वितरण र साधारण सभा प्रयोजनका लागि पुस २६ देखि माघ ११ गतेसम्म बुक क्लोज गर्ने भएको छ । यसअनुसार पुस २५ गतेसम्म कायम रहने शेयरधनीले मात्र लाभांश र सभामा प्रतिनिधित्व जनाउन सक्नेछन् ।
सत्रौं वार्षिक साधारण सभामा चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद वितरण गर्ने विशेष प्रस्ताव पारित गर्ने एजेण्डा रहेको छ । बोनस पश्चात लघुवित्तको चुक्ता पूँजी ७७ करोड ३४ लाख १० हजार ४४१ रुपैयाँ पुग्नेछ ।
लघुवित्तको सत्रौं वार्षिक साधारण सभा माघ ११ गते भरतपुर गार्डेन रिसोर्ट, भरतपुर चितवनमा बिहान ११ बजे बोलाइएको छ ।