बैदेशिक रोजगार बीमावापत आठ महिनामा २ अर्ब बढीको बीमा शुल्क आर्जन
काठमाडौं । चालु आर्थिक वर्षको आठ महिना सम्ममा जीवन बीमा कम्पनीरुले २ अर्ब बढीको बीमाशुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार जीवन बीमा कम्पनीहरुले बैदेशिक रोजगार बीमालेख बिक्री गरेर २ अर्ब २३ करोड १३ लाख रुपैयाँ आर्जन गरेका हुन् ।
जीवन बीमा कम्पनीहरुले १३ लाख ९३ हजार ९५६ वटा बीमालेख बिक्री गरी सो बराबरको बीमाशुल्क आर्जन गरेका हुन् ।
यस अवधिमा सबै भन्दा धेरै बीमालेख जारी गरेको सन नेपाल लाइफले ८३ करोड ७१ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । कम्पनीले ७ लाख ७०३ वटा बीमालेख जारी गरी सो बराबरको बीमाशुल्क आर्जन गरेका हुन् ।
यस्तै सूर्यज्योति लाइफले २ लाख ८१ हजार ९९७ वटा बीमालेख जारी गरी ३५ करोड ४३ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।
आइएमई लाइफ, नेपाल लाइफ, साविकको सानिमा लाइफ, सिटिजन लाइफ र रिलायवल नेपाल लाइफले पनि बैदेशिक रोजगार बीमालेख बिक्री गरी १० करोड भन्दा बढी बीमाशुल्क आर्जन गरेका छन् ।