बेकोको नयाँ वर्ष योजना सार्वजनिक
काठमाडौँ । इलेक्ट्रोनिक्स ब्राण्ड बेकोले नयाँ वर्ष २०८० लाई लक्षित गर्दै ‘नयाँ वर्षको उमंग, मनाऔँ बेको सँग’ नामक योजना सार्वजनिक गरेको छ ।
उक्त योजना अन्तर्गत बेको ब्राण्डका कुनैपनि सामानको खरिदमा आकर्षक उपहारहरु प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।
वाशिङ मेसिन र वाशर ड्राएरको खरिदमा ६ के.जी. को एरिएल म्याटिक वाशिङ पाउडर उपहार पाइने छ भने डिशवासरको खरिदमा २ प्याकेट फोर्चुन डिशवासर ट्याब्लेट उपहार पाइने कम्पनीले जनाएको छ ।
यस्तै सिङगल डोर रेफ्रिजीरेटरमा आइरन, डबल डोर रेफ्रिजीरेटरमा राइस कुकर र मल्टी डोर रेफ्रिजीरेटरमा एअर फ्राएर उपहार रहेका छन् भने कूकिङ रेन्ज (फ्री स्टान्डिङ ओवन) को खरिदमा फ्राई प्यान र एअर कन्डिसनर को खरिदमा रु.४००० बराबरको फ्री इन्स्ट्लेसन पाइने जनाइएको छ ।
यो योजना यही चैत्र १५ गतेदेखि सीमित अवधिका लागि लागू गरिएको कम्पनीले जनाएको छ ।
बेको ब्राण्डको आधिकारिक बिक्रेता चौधरी ग्रुपको सिजी ईलेक्ट्रोनिक्स अन्तर्गत सिजी इओएल रहेको छ । सिजी ईलेक्ट्रोनिक्सले आफ्नो ग्राहकहरुलाई सिजी डिजिटल शोरुम तथा आफ्नो फराकिलो विक्रेता सञ्जाल मार्फत उत्कृष्ट सेवा र अनुभव प्रदान गरिरहेको जनाएको छ ।
कम्पनीका सिजी डिजिटल शोरुमहरु काठमाडौं भित्र टङगाल, कुमारीपाटी, भक्तपुर राधे राधे, गत्थाघर, किर्तिपुर, रबिभवन, हातिगौडा, त्रिपुरेश्वर, नयाँ बजार, बसुन्धारा, जोरपाटी र काठमाडौं बाहिर पोखरा, इटहरी, हेटौंडा, भरतपुरमा रहेका छन् ।