‘एनआई३१’ सञ्चालनमा ल्याउँदै नबिल म्युचुअल फण्ड

काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले नयाँ म्युचुअल फण्ड सञ्चालनमा ल्याउने भएको छ । नबिल म्युचुअल फण्ड अन्तर्गत ‘एनआई ३१’ नामक फण्डको १ करोड ५० लाख करोड इकाई निष्कासन गर्नका लागि चैत १६गते सेबोनमा निवेदन दिएको हो ।
नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेको व्यवस्थापनमा सञ्चालन हुन लागेको यो खुलामुखी म्युचुअल फण्ड हो । योजनाको व्यवस्थापक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ ।
सेबोनबाट स्वीकृति पाएपछि फण्डले रू. १० का दरले १ करोड ५० करोड इकाई निष्कासन गर्नेछ । कोष प्रवद्र्धकमा नबिल बैंक रहेको छ ।