नेरुडे र मिर्मिरे लघुवित्तबीच मर्जर सम्बन्धी अन्तिम सम्झौता पत्रमा हस्ताक्षर
काठमाडाै । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेड र मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले चैत १६ गते मर्जर सम्बन्धी अन्तिम सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।
समान हैसियतमा मर्जरमा जाने सम्झौता गरेका दुई कम्पनी मध्ये नेरुडे लघुवित्तको रजिष्टर्ड कार्यालय मोरङ जिल्लाको विराटनगरमा रहेको छ भने मिर्मिरेको काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा रहेको छ ।
पुस ११ गते प्रारम्भिक सहमति गरेका दुवै कम्पनीले अन्तिम सहमतिपछि छुट्टाछुट्टै विशेष साधारणसभा आह्वान गरी मर्जरको विशेष प्रस्ताव पारित गरेर नियामक निकायको स्वीकृति पाएपछि एकीकृत कारोबार शुरू गर्नेछन् ।