ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी शक्ति बहादुर बस्नेतलाई
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रबार (चैत १७ गते) मन्त्रिपरिषद् विस्तार गरेसँगै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी शक्तिबहादुर बस्नेतलाई जिम्मा लाएका छन् । विगतमा विभिन्न मन्त्रालयको जिम्मेवारी पाइसकेका बस्नेतलाई यस पटक पनि जिम्मेवारीमा तानिएको छ ।
२०६८ सालदेखि ऊर्जा मन्त्रालयको जिम्मेवारी माओवादी केन्द्रकै हातमा आएको छ । यसअघि, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले केही महिना हाँके पनि अन्ततः सत्ता गठबन्दन फेरिएर मन्त्रालयको साँचो माओवादीकै हातमा पुगेको छ ।