राम्रो पाचन प्रक्रियाका अपनाऔं आयुर्वेदिक उपाय
खाना खानेबित्तिकै हुने थकान, सुस्ती वा पेट फुल्नेजस्ता समस्या जो कोहीलाई हुन सक्छ । विभिन्न कारणले पाचन प्रक्रियामा समस्या उत्पन्न हुन्छ । तर, यसका लागि अस्पताल जानैपर्छ वा एलोपेथिक औषधि नै खानुपर्छ भन्ने छैन । साधारण आयुर्वेदिक उपचार विधि अपनाएरै यस्ता समस्याको समाधान गर्न सकिन्छ ।
पेटसम्बन्धी समस्याले पूरै स्वास्थ्य अवस्थामा खराबी ल्याउन सक्छ । त्यसैले, पेटलाई सधैं सफा राख्नुपर्छ । पेट सफा राख्न आयुर्वेदिक विधि निकै प्रभावकारी हुँदै आएको छ । यो विधि खर्चिलो पनि हुँदैन । घरमै उपलब्ध केही मसला वा जडीबुटीको सेवनबाट यस्तो समस्यामा सुधार ल्याउन सकिन्छ । पाचन प्रक्रिया ठीक अवस्थामा राख्ने प्राकृतिक तथा घरेलु केही विधिबारे यहाँ चर्चा गरिएको छ ׃
यसरी गर्नुहोस् दिनको शुरुआत
अदुवाको सानो टुक्रामा अलिकति नून राखेर खाई दिनको शुरुआत गर्नुहोस् । कब्जियत, रुघाखोकी र ज्वरोका लागि अदुवाको सेवन निकै लाभदायी हुन्छ । त्यसका लागि सादा नूनको सट्टमा बिरेनूनको प्रयोग गर्नु राम्रो हुन्छ ।
तातोपानी पिउनुहास्
राम्रो पाचन प्रक्रियाका लागि सधैं ताजा खाना खाने र तातोपानी पिउने पिउनुपर्छ । हल्का तातो खाना खानाले पाचन प्रणालीले राम्रोसँग काम गर्छ । नियमित तातोपानीको सेवनले कब्जियत हुन दिँदैन ।
आरामपूर्वक खानुहोस्
खाना खाँदा कहिल्यै नहतारिनुहोस् । हिँड्दै वा टीभी हेर्दै पनि नखानुहोस् । यसरी खाँदा धेरै खाना खाइने सम्भावना हुन्छ । यस्तो हुँदा हाम्रो पाचन प्रणालीले राम्ररी काम गर्न सक्दैन । साथै, शरीरले खानाबाट पोषण तŒव पनि राम्ररी पाउँदैन । त्यसैले, आरामपूर्वक राम्ररी चपाएर मात्र खाने गर्नुहोस् ।
वज्रासनमा बस्नुहोस्
खाना खानेबित्तिकै हिँडिहाल्ने, कुद्ने गर्नुको सट्टा केही बेर व्रजासनमा बस्नुहोस् । यसरी बसदा आँखा बन्द गर्नु झनै उत्तम हुन्छ । खाना राम्ररी पचाउन वज्रासनले सघाउ पु¥याउँछ । यसो गर्नाले खानाबाट शरीरले पर्याप्त मात्रामा शक्ति तथा पोषण प्राप्त गर्छ ।
आयुर्वेदिक मसलाको सेवन
जीरा, मेथी, ज्वानो तथा हिङ पाचन प्रक्रियाका लागि लाभदायी मसला हुन् । खाना बनाउँदा यस्ता मसलाको प्रयोग गर्नुहोस् । यसले पेटमा खराबी हुन दिँदैन र खाएका कुरा राम्ररी पचाउँछ । यस्ता मसलाको सेवनले ग्याष्टिक तथा पेट फुल्ने समस्या भएकाहरूलाई पनि फाइदा पुग्छ ।
पहिले खाएको खाना पचिसकेपछि मात्र खाने
कामको व्यस्तताका कारण कुन समयमा के खाने भन्ने कुरा थाहा हुँदैन । जुन बेला पनि खाना खाने गर्दा राम्ररी पच्दैन । यस्तो बानीले ग्याष्ट्रिकको समस्या पनि निम्तिन्छ । त्यसैले, पहिले खाएको खाना राम्ररी पचिसकेपछि मात्र खानुहोस् । पेटमा हल्का महसूस भएपछि मात्र खाना खाने गर्नाले स्वास्थ्य राम्रो हुन्छ ।
तनाव नियन्त्रण गर्नुहोस्
लगातार पाचन प्रणालीमा समस्या आउनुको एउटा कारण तनाव पनि हो । तनावले पाचन प्रणालीमा खराबी ल्याउँछ । त्यसैले योग, ध्यान वा व्यायाम गरेर तनाव नियन्त्रण गर्नुपर्छ ।