घरकर्जा लिन यी कागजपत्र नछुटाऔं
- घर कर्जा लिन आवश्यक पहिलोे कागजात जग्गाको लालपुर्जा हो ।
- जग्गाको लालपुर्जासँगै तिरो तिरेको रसिद, निर्माण इजाजत, घरको नक्सापास भएको कागजात पनि बैङ्कले खोज्छ ।
- बैङ्कलाई ब्लू प्रिण्ट र ट्रेस म्याप पनि बुझाउनुपर्छ ।
- तयार भएको घर किन्न लागेको भए निर्माण सम्पन्न प्रमाणपत्र पनि चाहिन्छ ।
- त्यसपछि बैङ्कले खोज्ने भनेको ऋण लिने र ग्यारेण्टी बसिदिने व्यक्तिको नागरिकताको फोटोकपी हो ।
- पासपोर्ट साइजको केही फोटो त अहिले विभिन्न प्रयोजनमा आवश्यक पर्छ । घर कर्जाका लागि पनि यो आवश्यक हुन्छ ।
- त्यसपछि तपाईंले आम्दानीको प्रमाणपत्र बुझाउनुपर्छ । तपाईं कति आम्दानी गर्नुहुन्छ भन्ने विवरण आफूले काम गर्ने कम्पनी वा संस्थाबाट लैजानुपर्छ । तपाईंले लगेको विवरणमा बैङ्कले अझै पनि चित्त बुझाउँदैन । उसलाई आश्वस्त पार्न ६ महीनाको बैङ्क स्टेटमेण्ट पनि चाहिन्छ ।
आफ्नो तर्फबाट सबै कागजपत्र पुर्याएपछि तपाईंले बैङ्कसँग ब्याज दरको बारेमा कुरा गर्नुहोस् । बैङ्कले हामीलाई घर बनाउन ऋण दिएबापत कुनै गुन लगाएको होइन । हामीले तिरेको ब्याजकै कारणले उसले नाफा गर्ने हो, उसको व्यापार चल्ने हो । सेवाशुल्क भनेर पनि बैङ्कले केही पैसा लिन्छन्, त्यसमा पनि बार्गेनिङ गर्नुहोस् ।