सगरमाथा जलविद्युतको आईपीओ बाँडफाँट, ३ लाख ५८ हजार १७६ले पाए १० कित्ता शेयर
काठमाडौं । सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले चैत ८ गतेदेखि १२ गतेसम्म निष्काशन गरेको आईपीओ बाँडफाँट भएको छ । शुक्रबार कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्याटिलको कार्यालयमा बाँटफाँट भएको हो ।
कम्पनीको आईपिओमा कुल १४ लाख ४४ हजार ९७८ जनाको आवेदन परेको थियो । त्यसमध्ये ५१ हजार ८२५ जनाको आवेदन रद्द भएका छन् भने १३ लाख ९३ हजार १५३ जना योग्य आवेदक परेका छन् ।
कम्पनीको शेयरमा मागभन्दा बढीको आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथा माध्यमबाट १० कित्ताको दरले शेयर वितरण गरेको हो । त्यस अनुसार ३ लाख ५८ हजार १७६ जनाले मात्रै शेयर पाएका छन् ।