चोरीको मोटरसाइकलसहित दुई जना पक्राउ |
काठमाडौं । प्रहरीले मोटरसाइकल चोरीको अभियोगमा २ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग बूढानीलकण्ठबाट खटिएको प्रहरी टोलीले उदयपुर घर भई चक्रपथ चुनदेवी बस्ने २३ वर्षीय राजकुमार खत्री र खोटाङ घर भई चक्रपथ चुनदेवी बस्ने १५ वर्षीय मिलन खड्कालाई चोरीको मोटरसाइकलसहित नियन्त्रणमा लिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीकी प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक पूजा सिंहले जानकारी दिइन् ।
प्रहरीले उनीहरूलाई सोमवार बिहान ०१ः३० बजे चेकजाँचको क्रममा बा९३प १३९४ नम्बरको मोटरसाइकलसहित नियन्त्रणमा लिएको र हाल आवश्यक अनुसन्धान भइरहेको बताएको छ ।