नेवानीमा हवाई सुरक्षाका लागि मापसे चेक शुरु |
काठमाडौ । नेपाल वायुसेवा निगमभित्र मापसे परीक्षण अनिवार्य गरिएको छ । फेसबुक स्टाटसमार्फत निगमका नवनियुक्त प्रवक्ता वरिष्ठ क्याप्टेन विजय लामाले मापसे परीक्षण भइरहेको जानकारी दिएका छन्।
उड्ययन प्राधिकरणबाट प्राप्त निर्देशन अनुसार अनिवार्य मापसे जाँच हाम्रो निगमभित्र लागू भइसकेको विधित गराउन चाहन्छु, उनले भनेका छन्, ʽविमान चालक अनि विमानसँग संलग्न भएका सम्पूर्ण कर्मचारीहरुको मापसे जाँच हुन्छ कि हुँदैन भनेर जिज्ञासा राख्नेहरु धेरै पाएको छु ।ʼ
ट्राफिक प्रहरीले मापसे परीक्षण गर्दा सवारी साधनको दुर्घटना घटाएको उल्लेख गर्दै उक्त नीति कार्यान्वयनको सफलता सबैले पाइरहेको लामाले उल्लेख गरेका छन्। । संवेदनशील काममा संवेदनशील सोचको सधैं खाँचो हुन्छ । हामी सदैव यही सोचमा हुन गर्छौ, कलाकार तथा टेलिभिजन कार्यक्रम प्रस्तोतासमेत रहेका लामाले लेखेका छन् ।