अर्थमन्त्रालयमा दुई सहसचिवको जिम्मेवारी हेरफेर |
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले मन्त्रालय मातहतका दुई महाशाखाका प्रमुखहरुको जिम्मेवारी हेरफेर गरेका छन्। । उनले बजेट र राजश्व ब्यवस्थावपन महाशाखाका प्रमुखहरुको जिम्मेवारी हेरफेर गरेका हुन् ।
बजेट महाशाखा प्रमुख रहेका निर्मलहरि अधिकारीलाई राजश्व ब्यवस्थापन महाशाखा लगिएको छ । राजश्वका हरिशरण पुडाशैनीलाई बजेटमा लगिएको छ ।
पुडाशैनीलाई गृहमन्त्रालयबाट अर्थमा फिर्ता ल्याइँदा बजेट महाशाखा प्रमुख बनाइने आश्वासन दिइएको थियो । पुडाशैनी नेकपा निकट मानिन्छन्। ।
अधिकारी अर्थकै क्याडर हुन्। । उनी आगामी असोज २१ गते अवकाश हुँदैछन्। ।