आइएमएस मोटर्सको न्यूइयर लक्षित एक्सचेन्ज अफर सार्वजनिक | चार लाखसम्म नगद छुट पाइने

काठमाडौं । स्याङयोङ मोटर्सको अधिकृत विक्रेता आइएमएस मोटर्सले नयाँ वर्ष २०१९ को अवसरमा मेगा एक्सचेन्जु योजना सार्वजनिक गरेको छ । ग्राहकले योजनाअन्तर्गत आफूसँग भएको कुनैपनि गाडीसँग स्याङ्योङ ब्राण्डको नयाँ एसयुभी साट्न सक्ने कम्पनीले जानकारी दिएको छ । कम्पनीका अनुसार ग्राहकले यो योजना अवधिभर गाडी साट्दा चार लाखसम्मको छुट पाउन सक्नेछन् ।
ग्राहकले एक्सचेन्ज अफरमा एक वर्षको निशुल्क बिमा, झन्झट रहित फाइनान्सको सुविधा, चालु आर्थिक बर्षको रोड ट्याक्स, तीन बर्षको वारेन्टी, पाँच वर्षसम्म निशुल््क सर्भिसिङ लगायतका सुविधा पाउन सक्ने विज्ञप्तिमा उल्लेख गरिएको छ ।
दक्षिण कोरियामा सन् १९५४ मा स्थापना भएको एसयुभी कम्पनीले संसारभर एक सय २८ मुलुकमा आफ्नो उत्पादन निर्यात गर्दै आएको छ ।