साना किसान विकास लघुवित्तको २१ औं साधारण सभा सम्पन्न, शेयरधनीलाई २६% लाभांशसहित यी प्रस्ताव पारित
काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्थाको शुक्रवार सम्पन्न २१ औं वार्षिक साधारण सभाले शेयर धनीलाई २७.३७ प्रतिशत लाभांश पारित गरेको छ ।
भक्तपुरमा सम्पन्न साधारण सभाले शेयरधनीहरुलाई आर्थिक वर्ष २०७८/७९को आम्दानीबाट २६ प्रतिशत बोनस शेयर वितरण गर्न र कर प्रयोजनका लागि नगद लाभांश १.३६८% उपलब्ध गराउन स्वीकृति प्रदान गरेकोे छ ।
सभामा वित्तीय संस्थाका अध्यक्ष खेमबहादुर पाठकले सञ्चालक समितिका तर्फबाट वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । वित्तीय संस्थाको जारी र चुक्तापुँजी. १ अर्ब ९७ करोड ११ लाख ६१ हजार २९६.७८ पुर्याउन २१औं साधारण सभा समक्ष प्रस्ताव गरिएको थियो ।
प्रतिवेदन अनुसार आ.व. ०७७/७८ को अन्त्यमा वित्तीय संस्थाको कुल सम्पत्ति २६ अर्ब १२ करोड ६६ लाख रहेकोमा ०७८/७९ को अन्त्यमा १७.८०% ले बृद्धिभई ३० अर्ब ७७ करोड ९० लाख रुपैयाँ पुगेको छ ।आर्थिक वर्ष २०७८/७९ मा प्रति शेयर आम्दानी ४४.५८, प्रति शेयर बुक नेटवर्थ २६५.७६, निष्कृय कर्जा ०.६७%, मूल्य आम्दानी अनुपात २३.८९, र कुल पुँजी कोष १२.६६% रहेको प्रतिवेदन सभामा प्रस्तुत गरिएको थियो ।
वित्तीय संस्थाले लघुकर्जा सेवाका अतिरिक्तपशुपालन तथा तरकारी खेती कर्जा, बागमती प्रदेश अन्तर्गत सहुलियतपूर्ण कर्जा, स्वावलम्बन कर्जा,साना तथा मझौला कृषि उद्यम व्यवसाय कर्जा (ग्रामीण उद्यम कर्जा), बैदेशिक रोजगारमा जाने र गई पर्केका युवाहरुलाई लक्षित गरी सुनौलो भविष्य कर्जा, कृषि कर्जा, नविकरणीय उर्जा कर्जा, इजरायलमा युवाहरुलाई कृषि तालिम, पशुधन सुरक्षण, पशुधन सुरक्षणप्रवद्र्धन, कृषि तथा पशुपालन प्रवर्द्धन, सीप तथा क्षमता विकास, सामाजिक÷साुमदायिक विकास, साना किसान सहकारी अनुसरणमार्फत महिला सशक्तिकरण तथा नेतृत्व विकास जस्ता कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।
अन्तर्राष्ट्रिय सहयोगी संघसंस्थाहरुसँगको समेत सहकार्यमा क्षमता विकास र सेवा विस्तारका कार्यहरु हुँदै आएका छन् । एशियाली विकास बैंकको ऋण सहयोग तथा नेपाल सरकारसँगको सहकार्यमा आ.व. २०७७/७८ देखि ग्रामीण उद्यम लगानी परियोजना सञ्चालन गर्दै आएको छ । यो परियोजना अन्तर्गत ५ वर्ष भित्र सामुहिक ५० र व्यक्तिगत ५०० कृषि उद्यम सञ्चालनमा ल्याउने कार्यक्रम छ । कृषिलाई नाफामुलक व्यवसायकोरुपमा स्थापित गर्ने उद्देश्यले यो कर्जा कार्यक्रम सञ्चालन गरिएको हो ।
यसै वार्षिक साधारणसभामा साना किसान विकास लघुवित्त वित्तीय संस्था र आर.एम.डी.सी. लघुवित्त वित्तीय संस्था बिच एक आपसमा गाभ्ने/गाभिने प्रक्रिया अन्तिम चरणमा रहेकामा उक्त प्रक्रियाको विशेष प्रस्तावसमेत पेश भएको छ ।
अहिले वित्तीय संस्थामा आवद्ध १३३० र आवद्ध हुने क्रममा रहेका १२९ समेत १४५९ साझेदार सहकारी संस्थाहरु मार्फत देशका ७६ जिल्लाका १० लाख ७९ परिवारमा ८७ अर्ब रुपैयाँभन्दा बढी लघु तथा कृषि वित्त सेवा पुर्याउँदै आएको यस वित्तीय संस्थाले आगामी दिनमा नेपालका ११ लाख भन्द बढी परिवारमा सेवा पुर्याउने लक्ष राखेको छ ।
नेपालमा कृषिको रुपान्तरण र व्यावसायिकरणका लागि आवश्यक कृषि वित्त सेवा दिने मुलुककै संस्थागत विकल्पको रुपमा यस वित्तीय संस्थाको संरचनालाई सोही अनुसार सुधार गर्नुपर्ने खाँचो देखिएको बताइएको छ ।
साधारण सभामा उपस्थित सबैलाई वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत डा. शिवराम प्रसाद कोइरालाले स्वागत गरेका थिए भने कम्पनी सचिव झलेन्द्र भटृाराईले कार्यक्रम सञ्चालन गरेका थिए ।