काभ्रेको भकुण्डेबेँसीमा नेपाल हिन्दु विश्वविद्यालय स्थापना गरिने |
काठमाडौं । काभ्रेको भकुण्डेबेँसीमा नेपाल हिन्दु विश्वविद्यालय स्थापना हुने भएको छ । बनारस हिन्दु विश्वविद्यालयका संस्थापक मदन मोहन मालवीयको स्मृतिमा स्थापना गरिएको महामना मालवीय मिसनले आइतबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरी नेपालमा पनि हिन्दु विश्वविद्यालय स्थापना गर्न लागिएको जानकारी गराएको हो । त्यसका लागि जग्गा खरिद प्रक्रिया पूरा गरिएको पनि बताइएको छ ।
कार्यक्रममा बोल्दै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवंम पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सो विश्वविद्यालय स्थापनाका लागि आफूले पूरै सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । उनले नेपालको शिक्षाको क्षेत्रमा मात्र नभई नेपाल–भारतबीचको सम्बन्धलाई अझ मजबुत बनाउन पनि सो विश्वविद्यालयको स्थापनाले सघाउ पुर्यानउने विश्वास व्यक्त गरे ।