लाभांश प्रस्तावसहित सिक्लेस हाइड्रोपावरले डाक्यो साधारणसभा
काठमाडौं । सिक्लेस हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश सहित साधारण सभा बोलाएको छ।
सभाले हाल कायम चुक्ता पूँजीको १०.५२६ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने घोषणा गरेको छ। सो प्रस्ताव पारित गर्न कम्पनीले चैत २० गते सोमबार ११ बजे आभ्या क्लब, धारीपाटन, पोखरा, कास्कीमा अठारौँ वार्षिक साधारण सभा बोलाएको हो।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले चैत १३ गते बुकक्लोज गर्ने भएको छ। यस अनुसार चैत १२ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।