केन्टका तीन मोडेल नेपाली बजारमा
काठमाडौँ । नेपालमा केन्ट उत्पादनहरूका लागि आधिकारिक वितरक सि. जी. इलेक्ट्रोनिक्स अन्तर्गतको संस्थाले केन्ट पर्ल स्टार, केन्ट क्रिस्टल स्टार र केन्ट क्रिस्टल प्लस गरी तीनवटा आर.ओ. मोडेल नेपाली बजारमा ल्याएको छ ।
जसअनुसार केन्ट पर्ल स्टारमा पारदर्शी छुट्याउन मिल्ने ट्याङ्की, वाल माउन्टेबल आर.ओ. प्युरिफायर शुद्धता, प्रदर्शनको डिजिटल डिस्प्ले लगायतका विशेषता रहेको छ । जसले आर.ओ.+यु.भी.+यु.एफ.+टि.डि.एस. नियन्त्रणको बहुविध शुद्धिकरण प्रक्रियाहरूद्वारा पानीलाई १००% शुद्ध बनाउन प्रयोग गर्ने कम्पनीको भनाइ छ । केन्ट पर्ल स्टारको मूल्य रू. ४९,९९० रहेको छ ।
यस्तै केन्ट क्रिस्टल स्टारमा अन्तर्राष्ट्रिय गुणस्तर, शुद्धता र प्रदर्शनको डिजिटल प्रदर्शनलगायतको विशेषता रहेको छ । केन्ट क्रिस्टल स्टारको बजार मूल्य रू. ४८,९९० रहेको छ ।
यस्तै केन्ट क्रिस्टल प्लसमा आर.ओ. + यु.भी. + यु.एफ.+ टि.डि.एस. कन्ट्रोल + ट्याङ्कीमा यु.भी. लाइटले पानीलाई १००% पुर्याउन स्टाइलिश डिजाइन गरिएको छ । सो अत्याधुनिक प्युरिफायरले हरेक पटक १००% शुद्ध पानी प्राप्त गर्ने सुनिश्चित गर्ने कम्पनीको भनाइ छ । केन्ट क्रिस्टल प्लसको बजारको मूल्य रू. ३५,९९० रहेको छ ।
केन्ट आर.ओ. प्युरिफायरहरूलाई डब्ल्यूक्यूएको अन्तर्राष्ट्रिय प्रसिद्ध गोल्ड सील र एनएसएफ, (संयुक्त राज्य अमेरिका) बाट प्रमाणपत्र प्रदान गरिएको छ । साथै केन्टले धेरै राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतिष्ठित पुरस्कार र मान्यता प्राप्त गरेको छ । केन्टका पानी प्रशोधक (प्युरिफायर) अतिरिक्त, एयर प्युरिफायर, कीटाणुनाशक उपकरणहरू र स्मार्ट किचन उपकरणहरू पनि उपलब्ध रहेको कम्पनीको भनाइ छ ।