नेपाल फाइभ पी अन्तर्राष्ट्रिय प्रदर्शनी चैत्र १० गतेदेखि भृकुटीमण्डपमा हुँदै
काठमाडौं । मिडिया स्पेस सोलुसन्स र युचरेक्स ट्रेड फेयर एण्ड ईभेन्टस्ले विगतका वर्षहरुझैं यस वर्ष पनि तेस्रो नेपाल फाईभ पि अन्तर्राष्ट्रिय प्रर्दशनी गर्ने भएको छ । उक्त प्रर्दशनी यहि २०७९, चैत्र १०, ११ र १२ गते भृकुटीमण्डप, काठमाडौमा आयोजना गर्न आयोजकले जनाएको छ ।
यस प्रर्दशनीमा स्वदेशी तथा विदेशी कम्पनीहरुका १५० भन्दा बढी स्टलहरु रहने छन् । नेपाल फाईभ पी नेपालभर रहेका प्लास्टिक, पेपर, प्रिन्टिङ्, प्याकेजिङ् र प्रोसेसिङ् संग सरोकार राख्ने व्यापार व्यवसायहरुलाई एकै ठाउ ल्याएर व्यापार साझेदारी, नविनतम प्रविधि प्रदर्शन गरिने जनाएको छ ।
संवाद गर्न साझा मञ्च प्रदान गर्ने एक मात्र उद्योग–व्यापार विषेश अन्तराष्ट्रिय प्रदर्शनी हो । उक्त प्रर्दशनीमा देश भरीबाट बढीभन्दा बढी उद्यमी,अनुसन्धानकर्ता,संघ ंसस्थाका प्रतिनिधि प्रर्दशनीमा आधुनिक प्रविधिहरुको अनुसरण गर्ने र जिज्ञासा मेटाउने अवसर मिल्ने आयोजकल जनाए छ ।
उक्त प्रदर्शनी मार्फत ति पाँच विधामा संचालन भएका उद्योग र व्यापार व्यवसायहरलाई निर्यातका नयाँ अवसरहरु, नविनतम प्रविधिसंग सात्क्षात्कार गराउनुका साथै विभिन्न उद्योेगहरुबीच प्रविधि साटासाट र सहकार्य गर्न प्रोत्साहित गर्ने आयोजकले विश्वास लिएका छन् ।
यस अन्तरास्ट्रिय प्रदर्शनीमा सह–आयोजकका रुपमा नेपाल मुद्रण उद्योग महासंघ तथा सहयोगी संस्थाको रुपमा नेपाल कोरोगेटेड बक्स उत्पादक संघ रहेका छन् । यस प्रदर्शनिमा प्लास्टिक प्रोसेसिङ् मसिनरीका उत्पादकहरु, स्क्रिन प्रिन्टिङ्, ईन्डक्सन मोल्डिङ् मसिन, प्रिन्टिङ् मसिन, टेप, प्लास्टिक हिटर, अफिस स्टेशनरी मसिनरी, प्रिन्टिङ् स्पेर पार्टस, पेपर मसिनरी रहने छन । पेपर कपमसिनरी, सबै खालकाकागज र स्पेर पार्टस, प्याकेजिङ् मसिनरी, लेबल उत्पादक, कोरुगेटेड बक्स उत्पादक लगायतका संस्थाहरुको सहभागिता रहने छ ।