मनाङमा लगातार हिमपात हुदा तापक्रम माइनस २० डिग्रीमा झर्यो |
मनाङ । यसअघि नै माइनसमा झरेको मनाङको तापक्रम हिमपातपछि माइनस २० डिग्रीमा झरेको छ । चिसो बढेसँगै यहाँ हिमपात शुरु भएको छ ।
जिल्लाको माथिल्लो भेग खांसार, भीमताङ, गुवाल,मनाङ गाउँलगायत स्थानमा हिमपात भएको हो ।
मनाङका प्रमुख जिल्ला अधिकारी रुद्रनाथ देवकोटाले बिहीबार बिहानदेखि मौसममा खराबी आएको बताएका छन् । हिमालको वरिपरि लागेको कालो बादल र हावाहुरीपछिको हिमपातले यहाँको तापक्रम माइनस २० डिग्री पुगेको प्रजिअ देवकोटाले जानकारी दिए ।