सर्वोत्तम स्टिलले आइपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल नियुक्त
काठमाडौं। सर्वोत्तम स्टिलले सर्वसाधारणको लागि आइपीओ जारी गर्ने भएको छ । कम्पनीले जारी पुँजी मध्ये १२.६६३ प्रतिशत सेयर सार्वजनिक निष्कासन गर्ने छ।
यसको लागि कम्पनीले प्रभु क्यापिटललाई सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । उक्त सम्झौतामा सर्वोत्तम स्टिलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत आनन्द नेपाल तथा प्रभु क्यापिटलका तर्फबाट प्रबन्ध सञ्चालक दिनेश थकालीले हस्ताक्षर गरेका छन् ।
सौरभ ग्रुपद्धारा सञ्चालित सर्वोत्तम स्टिलले विभिन्न प्रकारका गुणस्तरीय डण्डी तथा बिलेटहरुको उत्पादन गरी बिक्री वितरण गर्दे आईरहेको छ ।