टाटाको नयाँ विंगर मिनीबस सार्वजनिक, मूल्य ३१ लाख रुपैयाँ |

काठमाडौं । सिप्रदी ट्रेडिङले टुर र ट्राभललाई लक्षित गरेर टाटाको नयाँ विंगर मिनीबसको बिक्री सुरु गरेको छ । यो बसको मूल्य ३० लाख ८० हजार रुपैयाँबाट शुरु हुने कम्पनीले जानकारी दिएको छ ।
कम्पनीले काठमाडौं, इटहरी र बुटवलमा विक्री सुरु गरेको हो । रूट एप्लिकेसन र ट्राभल अपरेटरहरूका लागि उत्पादन कार्यसम्पादन र इन्धनको क्षमताको बढ्दो आवश्यकतालाई सम्बोधन गर्ने कम्पनीको दाबी छ । ʽयसले स्टाइल, फराकिलो स्थान, आराम र सुरक्षा प्रदान गर्दछ र हामी यो मिनिबस ठूलो परिवार, व्यापारहरू र सटल अपरेटरहरू माझ चर्चित हुने कुरामा ढुक्क छौं ।ʼ टाटा मोटर्सका एससीभी प्रडक्टका उपाध्यक्ष विनय पाठकले भने ।
सिप्रदीका सीईओ राजनबाबु श्रेष्ठले चार महिना टाटा विंगरको परीक्षणपछि विक्री शुरु गरेको बताए । टाटा विंगरलाई पुर्ण क्षमतामा नेपालको पश्चिमदेखि पूर्व र पुनः पश्चिममा र दार्चुलाको उत्तरी पहाडी क्षेत्रमा पनि परीक्षण गर्दा तेज र चुस्ततालाई प्रमाणित गरेको उनले बताए ।
यो मिनीबस ५४५८ मीमी लामो छ र १५ इन्चको ह्विल क्याप भएको टायरसहित आउने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार १९०० मीमी र ६.३ इन्चको आन्तरिक उचाइँले यात्रुहरूको चाललाई सजिलो बनाउन मदत गर्दछ । लामो दूरीको यात्राका लागि विंगरले ६०० लिटरको पर्याप्त लगेज स्थान उपलब्ध गराउँछ ।
बसमा आरामदायी पछाडि धकेल्ने सिटहरू, व्यक्तिगत वातानुकुलीत भेन्टहरू, हरेक सीटमा युएसबी चार्जिङ प्वाइन्ट रहेको छ ।
कम्पनीका अनुसार अधिकतम कार्यसम्पादन र इन्धनको किफायतीका लागि, विंगर मिनीबसमा टाटा मोटर्सको २.२ लिटरको डाइकर इन्जिन छ जसले १०० हर्सपावरको शक्ति र १९० एनएमको फ्ल्याट टर्क दिन्छ र कम आरपीएममा पनि धेरै तान्न शक्ति सुनिश्चित गर्छ ।