शुक्रबार अर्थशास्त्री सम्मेलन आयोजना हुँदै
काठमाडौं । दोस्रो राष्ट्रिय अर्थशास्त्री सम्मेलन आयोजना हुने भएको छ । राष्ट्रिय अर्थतन्त्रको समुन्नतिको लागि राष्ट्रिय आर्थिक सरोकार समाज नेपालले आयोजना गर्ने भएको हो । विगत १५ बर्षदेखि नीतिगत बहस, छलफल, खोज तथा अनुसन्धानका माध्यमबाट सम्बन्धित निकायलाई झक्झकाउने काम गर्दै आइरहेको केन्द्रले यस पटक पनि अर्थशास्त्रिहरुको सम्मेलन गर्ने भएको समाजका अध्यक्ष गंगाबहादुर थापाले बताए । शुक्रबार राजधानीको सभा गृहमा हुने कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)को प्रमुख आतिथ्यमा हुने उनले बताए ।
मुलुकभित्र लगानीमैत्री वातावरण, उत्पादन तथा रोजगारीमा अभिवृद्धि गर्दै राष्ट्रिय अर्थतन्त्रलाई स्वाधीन र आत्मनिर्भरता तर्फ उन्मुख गराउनु अहिलेको प्रमुख आवश्यकता रहेको केन्द्रको ठहर रहेको छ । पछिल्लो दशकमा बढ्दै गएको अनियन्त्रित आयातले राष्ट्रिय उद्योगलाई धरासायी बनाउँदै मुलुकलाई परनिर्भर एवं आर्थिक रुपमा थप अस्थिर बनाउँदै लगेको छ । स्वदेशी उद्योग तथा उत्पादनको प्रवद्र्धनको अभावमा देशभित्र आन्तरिक राजश्वको दायरा विस्तार हुन सकेको छैन ।
यसले गर्दा विकास निर्माणको लागि आवस्यक स्रोत जुटाउन सरकारलाई मुस्किल परेको छ । बैंक तथा वित्तीय संस्थाहरुबाट हुने लगानी पनि उत्पादनशील क्षेत्रमा परिचालन हुन सकिरहेको छैन् । हाल वैंकिङ्ग क्षेत्रमा देखिएका तरलता समस्या तथा बढ्दोव्याजदरले लगानीकोवातावरण बन्न सकिरहेको छैन् । यसै परिस्थितिलाई मध्येनजर गर्दै लगानीमैत्री बातावरण निर्माण र स्वदेशी उद्योगको प्रवद्र्धनमा टेवा पु¥याउने उद्वेश्यले यो अर्थशास्त्री सम्मेलन आयोजना गरिएको हो ।
अर्थतन्त्रका समसामयिक मुद्धाहरुमा बहस चलाई समस्या समाधानका उपायहरु सहित सरकार, राजनैतिक दलहरु त्था नीति निर्माणमा संलग्न निकायहरुलाई कार्यान्वयनको लागि सुझाव दिन यो कार्यक्रम आयोजना गरिएको हो । यस कार्यक्रमले अर्थशास्त्री, उद्योगी, व्यवसायि तथा राष्ट्रिय अर्थतन्त्रमा सरोकार राख्ने सबैलाई एकैठाउँमा ल्याई मुलुकको हितमा साझा अवधारण बनाउन र एजेन्डा निर्माण गर्न सहयोग पु¥याउने अपेक्षा गरिएको छ ।
यस कार्यक्रममा पुर्व प्रधानमन्त्रीहरु, अर्थमन्त्री, प्रदेश मुख्यमन्त्री, नेपाल सरकारको मुख्य सचिव, योजना आयोगका उपाध्यक्ष, राष्ट्र बैंकका गभर्नर, प्रमुख राजनीतिक दलका अध्यक्षहरु, कामनपा प्रमुख सहभागी हुने आयोजकले जनाएका छन् । त्यस्तै, बैंकर्स एसोसियशनका प्रतिनिधि, उद्योग बाणिज्य महासंघ नेपाल, उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष, सहकारी महासंघका अध्यक्ष, एनआरएनएका अध्यक्ष, विश्वविद्यालयका उपकुलपतिहरु पनि सहभागी हुने समाजका अध्यक्ष थापाले जानकारी दिए ।