छिमेक लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । छिमेक लघुवित्तको लाभांश सुरक्षित गर्ने आज फागुन २३ गते मंगलबार अन्तिम दिन हो । यस लघुवित्तले साधारण सभा तथा लाभांश प्रयोजनको लागि फागुन २५ गतेदेखि चैत १० गतेसम्म बुक क्लोज गर्दैछ ।
फागुन २४ गते नारी दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ । तसर्थ, आजसम्म कायम सेयरधनीले कम्पनीले प्रस्ताव गरेको लाभांश र साधारण सभामा भाग लिन पाउँनेछन् ।
छिमेक लघुवित्तले चैत १० गते वार्षिक साधारण सभा बोलाएको छ । सभा मकवानपुर स्थित होटल सामनामा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभामा कम्पनीले आर्थिक वर्ष २०७८–७९ को नाफाबाट २२% बोनस सेयर र कर प्रयोजन सहित ३.२६% नगद गरी कुल २५.२६% लाभांश वितरण प्रस्ताव पेश गर्दैछ ।
यस्तै, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफ–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा पनि छलफल हुनेछ ।