साकोस व्यवस्थापन प्रमुखहरुको राष्ट्रिय गोष्ठी फागुन २४ र २५ मा हुँदै, सहकारीका समस्या समाधानमा केन्द्रित हुने
काठमाडौं । सहकारी क्षेत्रमा देखिएको तरलता संकटका बीच सहकारी क्षेत्रका व्यवस्थापन प्रमुखहरुको भूमिका प्रभावकारी बनाउने उद्देश्य सहित नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)ले राष्ट्रिय गोष्ठी आयोजना गर्ने घोषणा गरेको छ । साथै गोष्ठी सहकारीमा देखिएका समस्या र त्यसका समाधानमा केन्द्रित हुने बताइएको छ ।
वि.सं.२०७३ देखि प्रत्येक तीन वर्षमा हुँदै आएको बचत तथा ऋण सहकारी (साकोस) का व्यवस्थापन प्रमुखहरुको राष्ट्रिय गोष्ठीको तेस्रो संस्करण यही फागुन २४ र २५ गते काठमाडौंमा हुने भएको हो ।
सहकारीमा उत्पन्न समस्याको चिफार गर्ने नेपाल बचत तथा ऋण सहकारी संघ (नेफ्स्कुन)ले बताएको छ ।
सहकारीको दर्शन र मुल्यमा आधारित व्यावसायिक जनशक्ति विकास गर्नु गर्नेलगायतका उद्देश्य राखेको छ । त्यसैगरी विश्वव्यापी नवीनतम अभ्यास, अनुभव र सिकाइ र प्रविधिको अवलम्बन तथा हस्तान्तरण गर्नु रहेको उल्लेख छ । राष्ट्रिय स्तरमा भएका नवीनतम र सफल अभ्यासहरू आदानप्रदान गर्नु र वित्तीय सहकारीका लागि विकास गरेका नवीनतम औजार र समाधानहरूको आन्तरिक करणको लागि दिशा निर्देश गर्नु नेफ्स्कुनले बताएको छ ।
सहकारी संस्थाहरुमा कार्यरत जनशक्तिको उत्प्रेरणामार्फत तनाव रहित वातावरणमा कार्य सम्पादनका लागि प्रेरित गर्न गोष्ठीको प्रमुख उद्देश्य रहेको छ ।
वित्तीय सहकारीको विकासका सम्भावना पहिचान गरी कार्यान्वयन गर्ने छ । वित्तीय सहकारीलाई आकर्षक रोजगार प्रवर्द्धक क्षेत्रको रूपमा स्थापित गर्ने छ । वित्तीय सहकारीलाई उत्पादनमा आधारित लगानीमा प्रोत्साहित गर्ने नेफ्स्कुनको भनाई छ ।
गोष्ठीमा लागि ४८ जिल्लाका ८३ जना महिला सहित ३९८ जनाको आवेदन परेको छ । सात वटा कार्यपत्र प्रस्तुत हुने उक्त गोष्ठीमार्फत नियामक निकायलाई पनि समेत पृष्ठ पोषण पुग्ने नेफ्स्कुनको विश्वास छ ।