गुडविल फाइनान्सका शेयरधनीले पाउने भए ५ प्रतिशत नगद लाभांश |
काठमाडौं । गुडविल फाइनान्सका शेयरधनीले गत आर्थिक वर्षको नाफाबाट नगद लाभांश मात्र पाउने भएका छन्। । फाइनान्स कम्पनीको बुधबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७४⁄७५ को नाफाबाट कर सहित प्रतिशेयर नगद लाभांश ५.२६३ प्रतिशत वितरण गर्ने प्रस्ताव गरेको हो ।
फाइनान्सको सञ्चालक समितिको पुस ११ गते बसेको ३२४ औं बैठकले चुक्ता पूँजीको ५.२६३ प्रतिशतले हुन आउने ४ करोड २१ लाख ५ हजार २६३ रुपैयाँ १६ पैसा लाभांश अनुमोदनका लागि राष्ट्र बैंक र फाइनान्सको आगामी वार्षिक साधारण सभामा पेश गर्ने निर्णय गरेको हो ।
गत वर्ष फाइनान्सले ६ करोड ५४ लाख २३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गुडविल फाइनान्स कम्पनीले अघिल्लो आर्थिक वर्षमा शेयरधनीलाई १०.१९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.५३६ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
८० करोड रुपैयाँ चुक्ता पूँजी रहेको गुडविल फाइनान्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा फाइनान्सले एक करोड ४ लाख ६४ हजार रुपैयाँ खुद नाफा कमाएर प्रतिशेयर आम्दानी ५ रुपैयाँ २३ पैसा कायम गरेको छ ।