बेथानचोकमा निर्मित खानेपानी आयोजना उपभोक्ता समितिलाई हस्तान्तरण |

काठमाडौं । काभ्रेको बेथानचोक गाउँपालिकास्थित सिउरेनी भञ्ज्याङ खर्कमा झण्डै दुई करोड रुपैयाँ लागतमा निर्मित खानेपानी आयोजना उपभोक्ता समितिलाई हस्तान्तरण गरिएको छ ।
रोटरी क्लब बौद्ध, रोटरी क्लब एल्गिन, रोटरी क्लब दुर्हम, रोटरी क्लब इस्ट सदरलान्ड, रोटरी क्लब फरेस मुख्य सहयोग दाताको रुपमा रहेको रोटरी क्लब बौद्धका संस्थापक अध्यक्ष छोङ्बा शेर्पाले जानकारी दिए । उनका अनुसार यस परियोजनाले २३३ घरधुरी, २ वटा विद्यालय , स्वस्थ्य चौकी गरि १४०७ जना लाभान्वित भएका छन।
यस परियोजनाको कुल लागत १ करोड ९६ लाख ६३ हजार २ सय ५७ रहेको छ । जसमा रोटरी क्लवको लागत ९२ लाख ७३ हजार ९ सय ४३, बेथानचोक गाउँपालिकाको ४९ लाख, २२ हजार ६ सय ४६, स्थानीय समुदायबाट ६ लाख ९९ हजार र जनश्रमदान ४७ लाख, ६७ हजार ६ सय ६७ रहेको छ ।