एमालेका ८ मन्त्रीले प्रधानमन्त्रीलाई बुझाए राजीनामा |
काठमाडौँ । पुष्पकमल दाहाल नेतृत्वको सरकारमा सहभागी ८ मन्त्रीले राजीनामा बुझाएका छन । सोमबार बालुवाटारमा पुगेर अर्थमन्त्री सहित सबै मन्त्रीले राजीनामा बुझाएका हुन ।
प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति निर्वाचनका लागि पुरानै सत्ता समिकरण बनाएपछि एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिदै सरकारबाट बाहिरिएको हाे।
प्रधानमन्त्री प्रचण्ड काँग्रेस सहितको आठ दलिय गठबन्धनमा सामेल भएपछि एमालेले सरकार छोड्नैपर्ने बाध्यता थियो ।
एमालेले प्रचण्ड नेतृत्वको सरकारमा अर्थमन्त्रालय, उद्योग मन्त्रालय,परराष्ट्र मन्त्रालय, स्वास्थ्य मन्त्रालय, महिला तथा भुमि सुधार तथा सहकारी मन्त्रालय पाएको थियो ।
एमालेका मन्त्रीले राजीनामा बुझाएसँगै आठ दलीय गठबन्धनमा मन्त्रालयको बाँडफाँडमा जुटेको छ ।