आत्मनिर्भर लघुवित्तको आइपीओमा आवेदन दिने आज अन्तिम दिन |
काठमाडौं । आत्मनिर्भर लघुवित्तको आइपीओमा आवेदन दिने आज सोमबार फागुन १५ गते अन्तिम दिन हो । लगानीकर्ताले आज कार्यालय समयभित्र यस कम्पनीको आइपीओमा आवेदन दिन सक्नेछन् । आत्मनिर्भरले फागुन ११ गतेदेखि सर्वसाधारण लगानीकर्तालाई आइपीओ बिक्री खुला गरेको छ । आत्मनिर्भरले आफ्नो जारी पुँजीको ६ करोड २३ लाख ३८ हजार रुपैयाँको ३२.६२५% ले हुन आउने २ करोड ३ लाख ३८ हजार रुपैयाँ बराबरको आइपीओ बिक्री गरेको हो । जसअनुसार प्रतिसेयर १ सय अंकित मूल्यमा २ लाख ३ हजार ३८० कित्ता सेयर निष्कासन गरेको छ ।
यसमध्ये १०% अर्थात् २० हजार ३३८ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्कासन गरिसकेको छ । यस्तै, जारी पुँजीको ०.५% अर्थात् ३ हजार ११७ कित्ता सेयर कर्मचारीलाई र ५% अर्थात् १० हजार १७० कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । बाँकी रहेको १ लाख ६९ हजार ७५५ कित्ता सेयरमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् ।
सीडीएसका अनुसार फागुन १४ गतेसम्ममा १२ लाख २४ हजार १६ जनाले १ करोड ३६ लाख ८० हजार ३३० कित्ताका लागि आवेदन परिसकेको छ । यो सर्वसाधारको लागि बिक्री खुला गरिएको कित्तालाई आधार मान्दा ८०.५८ गुणा बढी आवेदन हो । यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताका लागि आवेदन दिन पाइनेछ ।
क्रेडिट रेटिङ एजेन्सी केयर नेपालले आत्मनिर्भर लघुवित्तको आइपीओलाई ‘केयर एनपी बी प्लस’ प्रदान गरेको छ । जसले कम्पनी समयमै वित्तीय दायित्व पूरा गर्ने क्षमता उच्च जोखिम रहेको जाउँछ । केयर नेपालले २०७९ जेठ २६ गते यो रेटिङ दिएको हो । यो रेटिङ २०८० जेठ २६ गतेसम्म बाहल रहनेछ ।