सन नेपाल लाइफको ५ रुपैयाँमा १० लाख सुरक्षणको बीमा योजना | अवधि ५ वर्षको, १६ देखि ६५ वर्ष उमेर समूहका व्यक्तिले बीमा गर्न पाउने

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना ग्राहकहरूको जोखिम सुरक्षित गर्ने उद्देश्यले नयाँ जीवन बीमा योजना ल्याएको छ । कम्पनीले जम्मा ५ रुपैयाँमा १० लाख रुपैयाँबराबरको सुरक्षा बीमा गरिदिने नयाँ योजना सार्वजनिक गरेको हो ।
कम्पनीका अनुसार यो योजना पाँच वर्ष अवधिको लागि दैनिक पाँच रुपैयाँभन्दा कम लागतमा खरिद गर्न सकिन्छ । जसअन्तर्गत यो बीमाबाट ५ लाख रुपैयाँबराबर जोखिम र १८ घातक रोगको जोखिमविरुद्ध ५ लाख रुपैयाँ गरी १० लाख रुपैयाँ बराबर सुरक्षण हुने कम्पनीले जानकारी दिएको छ ।
१६ वर्षदेखि ६५ वर्ष उमेर समूहका इच्छुक व्यक्तिले यो बीमा योजनामा सहभागी हुनसक्ने कम्पनीले बताएको छ । यद्यपि उमेरका आधारमा बीमा शुल्कमा केही तलमाथि हुन सक्ने कम्पनीले भनाइ छ ।