छयाङ्दी हाईड्रोपावर कम्पनीको हकप्रद बढेर आउने |
काठमाडौँ । छ्याङ्दी हाइड्रोपावर लिमिटेडको हकप्रद शेयरको आकार बढेर आउने भएको छ ।
कम्पनी सञ्चालक समितिको फागुन १२ गते शुक्रबार बसेको बैठकले हकप्रद शेयर बढाउने निणर्य गरेको हो ।
कम्पनीको गत पुस ३० गतेसम्म सम्पन्न आठौँ वार्षिक साधारणसभाले चुक्तापुँजीको ४० प्रतिशत हकप्रद जारी गर्ने निर्णय गरेको थियो । शुक्रबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले ४० प्रतिशत हकप्रद शेयर जारी गर्ने निर्णय परिमार्जन गरेको हो ।
सञ्चालक समितिले हाल कायम चुक्तापुँजीको १५० प्रतिशतमात्र अर्थात १ः१.५ अनुपातमा हकप्रद शेयर जारी गर्ने निर्णय गरेको हो । उक्त प्रस्ताव नियमनकारी निकायको स्वीकृती प्राप्त भएपछि कम्पनीको आगामी वार्षिक साधारण सभामा पेस गर्ने भएको छ।