निर्धन उत्थान लघुवित्तमा चार सञ्चालक नियुक्त |
काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडमा ४ जना संचालक नियुक्त भएका छन् । कम्पनीको फागुन १२ गते सम्पन्न २४औं वार्षिक साधारण सभाबाट संस्थापक शेयरधनीहरुको तर्फबाट २ जना र सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने २ जना संचालक गरी कुल ४ जना संचालक निर्वाचित भएका हुन् ।
सस्थापक तर्फबाट संचालक पदमा हरि कृष्ण पन्त र देवेन्द्र बहादुर राउत रहेका छन् भने सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने टोप बहादुर रायमाझी र संम्रिता तिवारी निर्वाचित भएका हुन ।