स्प्रेड दर घटाइयो, अब सर्वसाधारणको ब्याज केही कम हुने |

काठमाडौं । नेपाल राष्ट्र बैंकले बाणिज्य बैंकहरुले निक्षेपमा दिने र ऋणमा लिने ब्याजको अन्तर (स्प्रेड दर) घटाएको छ । अब चैतमै स्प्रेड दर ४.७५ प्रतिशतमा झार्नु पर्ने छ ।
यसअघि ५ प्रतिशतको स्प्रेड दर लाई असार मसान्तसम्म साढे चार प्रतिशतमा झार्नु पर्ने ब्यवस्था गरिएको छ । बैंकहरुले असारमा साढे चार प्रतिशतमा ल्याउनु पर्छ ।
आधार दरको गणना विधि पनि परिवर्तन गरेको छ । अब ०.७५ प्रतिशत सम्पतिको प्रतिफल जोड्न पाइँदैन । यसले गर्दा बाणिज्य बैकहरुको नाफा १७ अर्बले घट्ने छ भने सर्वसाधारणले केही सस्तोमा ऋण पाउने छन् ।
यसैगरी संस्थागत निक्षेपको अंशलाई बढाइएको छ । यसअघि ४५ प्रतिशतसम्म संस्थागत निक्षेप लिन पाइनेमा अब ५० प्रतिशतसम्मै लिन पाइने भएको छ ।