बोटलर्स नेपालका दुवै कम्पनीको नगद लाभांश खातामा जम्मा |
काठमाडौं । बोटलर्स नेपालका दुवै कम्पनीले सेयरधनीलाई नगद लाभांश खातामा पठाउन सुरु गरेका छन् । कम्पनीहरुले डिम्याट खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीलाई माघ २३ गते देखिनै नगद लाभांश जम्मा गर्न सुरु गरेको जनाएका छन् ।
दुवै कम्पनीको पुस २७ गते बसेको साधारण सभाले लाभांश प्रस्ताव पारित गरेको थियो । जसमा, बोटलर्स नेपाल (तराई) ले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई ६०% नगद लाभांश (कर सहित) वितरण गरेको हो ।
त्यस्तै, बोटलर्स नेपाल (बालाजु) ले कर सहित २०% नगद लाभांश वितरण गरेको हो । नगद लाभांश खातामा नआएका सेयरधनीलाई डिम्याट खातामा बैंक खाता अपडेट गर्न भनिएको छ । अनि मात्र नगद लाभांश पाइनेछ ।