प्रभु इन्स्यारेन्ससहित दुई लघुवित्त कम्पनीको शेयरमूल्य समायोजन |
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेले तीन कम्पनीको शेयरमूल्य समायोजन गरेको छ । नेप्सेले बिहिबार सबैको लघुवित्त वित्तीय संस्था, प्रभु इन्स्यारेन्स लिमिटेड र सिभिल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य समायोजन गरेको हो ।
नेप्सेका अनुसार सबैको लघुवित्त वित्तीय संस्थाको १८ प्रतिशत बोनस शेयरपछिको शेयरमूल्य ७११ दशमलव ८६ रुपैयाँमा समोयाजन भएको छ । कम्पनीको अन्तिम कारोबार ८४० रुपैयाँमा भएको थियो ।
त्यस्तै, प्रभु इन्स्यारेन्स लिमिटेडको ६.७० प्रतिशत बोनस शेयरपछिको शेयरमूल्य ५२० दशमलव ९९ रुपौयँमा समायोजन भएको छ । कम्पनीको अन्तिम कारोबार ५५५.९० रुपैयाँमा भएको थियो ।
नेप्सेका अनुसार सिभिल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ६७४ दशमलव ७७ रुपैयाँमा समायोजन भएको छ । नेप्सेले कम्पनीको ११ प्रतिशत बोनस शेयरपछिको शेयरमूल्य समायोजन गरेको हो । संस्थाको अन्तिम कारोबार ७४९ रुपैयाँमा भएको थियो ।