क्लियरिङ हाउसको कनेक्ट आईपीएस ई-पेमेन्ट प्रणालीमा नबिल बैंक पनि आवद्ध |

काठमाडौं । नेपाल क्लियरिङ हाउसले संचालनमा ल्याएको कनेक्ट आईपीएस ई-पेमेन्ट प्रणालीमा नबिल बैंक पनि आबद्ध भएको छ । बैंकले जारी गरेको प्रेस बिज्ञप्ती अनुसार बैंकका ग्राहकले यस प्रणालीबाट अनलाईन कारोबार गर्न सक्नेछन् ।
बैंकका ग्राहकले एकपटक आफूलाई आबद्ध गरी बैंक खातालाई लिंक गराई यसमा उपलब्ध सेवाहरु प्राप्त गर्न सक्ने बैकले जानकारी दिएको छ ।
यसमार्फत सरकारको राजस्व भुक्तानी रकम ट्रान्सफर, क्रेडिट कार्ड बिल भुक्तानी, मोबाइल वालेटमा फन्ड लोड तथा शेयर ब्रोकरको भुक्तानी गर्न सकिनेछ ।
यस प्रणालीबाट अनलाईन कारोबार १ लाख सम्म तथा मोबाइल एप्स मार्फत प्रति कारोबार ५ हजार सम्मको भुक्तानी गर्न सकिने बैंकले जनाएको छ ।
कनेक्ट आइपीसमा हालसम्म ५१ वटा बैंक तथा बित्तीय संस्थाहरुले सम्झौता गरी हालसम्म ४० वटाले सेवा उपलब्ध गराइरहेको बिज्ञप्तीमा उल्लेख छ ।