सेल्सवेरी ९औं वर्षमा प्रवेश, आकर्षक छुट योजना सार्वजनिक |
काठमाडौं । ८औं वर्ष पुरा गरी ९औं वर्षमा प्रवेश गरेको अवसरमा सेल्सवेरीले आकर्षक छुटको योजना सार्वजनिक गरेको छ । सेल्सबेरीका अनुसार ३ फागुनदेखि सुरु भएको यो वार्षिकोत्सव विशेष अफर योजना २० फागुनसम्म सञ्चालन हुनेछ ।
गुणस्तरीय सामान, उत्कृष्ट ग्राहक सेवा तथा उचित मूल्यलाई सधैँ प्राथमिकतामा राखेर व्यवसाय गरिरहेको सेलवेजको औपचारिक स्थापना २०५० सालमा पोखराको चिप्लेढुङ्गामा भएका थियो । पहिलो स्टोरबाट ग्राहकमाझ छिट्टै लोकप्रियता कमाएपछि सेलवेजले पोखराका लेकसाइडमा शाखा विस्तार गरेको थिया ।
पोखराका विभिन्न ठाउँहरूमा शाखा विस्तार गरी अत्याधुनिक सेवा प्रवाह गरी ग्राहकहरूलाई आधुनिक सपिङको आभास दिइरहेको सेलवेज अहिले सम्पूर्ण पोखरेली तथा पोखरा भित्रिने पर्यटकका समेत गन्तव्य बनिरहेको छ
सेलवेजले २०६० सालमा ललितपुरको जावलाखेलमा शाखा विस्तार गरी काठमाडौँ उपत्यकामा समेत प्रवेश गरेको थियो । यसै क्रममा सेलवेज ग्रुपले २०७० सालदेखि सेल्सवेरी ब्राण्डबाट सेवा प्रवाह गर्दै आइरहेको छ । हालसम्म सेल्सवेरीका २९ वटाशाखा विस्तार भइसकेका छन् । जसमध्ये ५ वटा सुपर स्टार, १० वटा प्रिमियम स्टारका साथै १४ वटा एक्सप्रेस स्टार रहेका छन् ।
कम्पनीका अनुसार अहिले ६०० जनालाई प्रत्यक्ष राजगारी दिइरहेको छ । आगामी २०८० सालमा पोखरामा थप २ वटा तथा काठमाडौंमा ४ वटा शाखा विस्तार गर्ने तयारी रहेको छ ।
काठमाडौंको महाराजगञ्जमा बनेको अत्याधुनिक सुविधासम्पन्न भवनबाट अन्तर्राष्ट्रियस्तरका डिपार्टमेन्ट स्टार आगामी वैशाख २०८० देखि सञ्चालनमा ल्याउने तयारी भइरहेको सेलवेज ग्रुपले बताएको छ । २०८२ सालसम्म शाखा संख्या ५० पुयाउने र कम्तिमा १२०० जनालाई प्रत्यक्ष राजगारी दिने लक्ष्य रहेको कम्पनीले बताएको छ ।