गुण एयरलाइन्सका विमानहरुको उडान राेकियाे |
काठमाडौं । गुण एयरलाइन्सका विमानहरुको उडान राेकिएकाे छ । सरकारले गुणका ७ वटा विमानकाे उडान राेक्ने निर्णय गरेकाे हाे । कर्मचारीलाई तलब समेत दिन असक्षम रहेकाे गुणकाे हवाई सुरक्षा पक्षमा प्रभाव पर्ने जोखिम रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले बताएकाे छ । सोमबारदेखि नै गुणका विमानहरुलाई उड्न नदिइएकाे हाे ।
आर्थिक समस्याका कारण पारिश्रिमक दिन नसक्दा कर्मचारीकाे मनाेविज्ञानमा असर पर्ने प्राधिकरणकाे भनाइ छ । कर्मचारीले राम्रोसँग काम नगर्न नसक्ने र साे अवस्थामा हवाई सुरक्षामा जोखिम बढी हुने हुँदा अहिलेलाई उडान गर्न नदिने निर्णय गरिएकाे हाे ।
गुण एयरलाइन्सले सिम्रिक एयरलाइन्सका विमानहरु किनेको थियो ।