एमजीले सय किलोवाट क्षमताको ईभी नेपाल ल्याउदै, कति पर्छ मूल्य ? |
काठमाडौं । नेपाली बजारमा एमजीले पनि सय किलोवाट क्षमताको विद्युतीय गाडी ल्याउने भएको छ । गत हप्तामात्रै बीवाईडीले सय किलोवाटको एटो ३ ल्याउने भएपछि एमजिले पनि सो गाडी नेपाल भित्र्याउने भएको हो ।
योसँगै सय किलोवट इभिमा बिवाईडी एटो थ्रि,एमजि र हुन्डाइ कोनाबिच चर्को प्रतिस्पर्धा हुने भएको छ । नेपालका लागि एमजि गाडीको आधिकारिक वितरक पारामाउन्ट मोर्टसले केहि महिना भित्रै आफ्नो नयाँ प्रोडक्ट सार्वजनिक गर्ने तयारी गरेको छ ।
कम्पनीले सय किलावाट माथिको गाडी ल्याउँदा नेपालमा महङ्गो पर्ने र उपभोक्ताले नकिन्ने स्थिति आएपछि कम्पनीले उत्पादकलाई सय किलोवाटको गाडीको अर्डर गरेको छ ।
चालू आर्थिक बर्षको बजेटमा विद्युतीय गाडीका भन्सार र अन्तःशुल्क दुवैकाले सय किलोवाट माथिका गाडी बिक्री नै हुन छाडेपछि कम्पनीले यस्तो प्रक्रिया अपनाएको हो ।
एमजीले ल्याउन लागेको जेड एसको १०० किलोवाटको मूल्य ६० लाख हाराहारी हुने अनुमान गरिएको छ ।
एमजीले एमजीको स्ट्यान्डर्ड भेरियन्टको १३० किलोवाट र लङ रेन्ज मोडलको १ सय १५ किलोवाट क्षमताको गाडी नेपाल भित्र्याइरहेको छ ।
बजेट अघि एमजीका विद्युतीय गाडी ५१ लाख रुपैयाँबाट सुरुहुन्थ्यो। बजेटमा करको दर बढेपछि यही गाडीको मूल्य ७० लाख रुपैयाँभन्दा माथि पुगेपछि कम्पनीले आयात नै रोक्ने अवस्था बन्यो ।
एमजीले बुकिङ गरेको गाडी समेत कर बढेको कारण फिर्ता लिएको थियो । सय किलोवाटको गाडी बिवाईडीले मार्चबाट बिक्री सुरु गर्दै छ भने एमजीले भर्खर उत्पादक कम्पनीलाई आग्रह गरेको छ ।