वी२० इण्डियामा संघका उपाध्यक्ष साहको सहभागिता |
काठमाडौं । मोरंग व्यापार संघका वाणिज्य उपाध्यक्ष अनिल कुमार साहले उक्त संस्थाद्वारा आयोजित ‘विज्नेश २० (वी२०) इण्डिया २०२३’ (विज्नेश फोरम)मा सहभागिता जनाएका छन् ।
कन्फेडरेशन अफ इन्डियन इण्डष्ट्री (सिआईआई)को आमन्त्रणमा उक्त संस्थाद्वारा आयोजित सो वृहत्त फोरममा उपाध्यक्ष साहले आज भाग लिएका हुन् । विश्वभरीका देशहरुका व्यवसायिक समुदायको सहभागी रहने गरी सिआईआईले यस वर्ष भारतको मनिपुरमा आजदेखि ३ दिन सम्मकालागि उक्त फोरम आयोजना गरेको हो । ‘
वी२०’ विश्वव्यापी व्यापार समुदायसँगको आधिकारिक ‘जी२०’ संवाद फोरम हो जसमा विश्वभरीका कम्पनीहरु र व्यापारिक संस्थाहरु सहभागी छन् र यसमा विश्वव्यापी आर्थिक र व्यापार सुशासनका विषयहरुमा उनीहरुको विचारहरुका लागि प्रेरित गर्नुका साथै सम्पूर्ण ‘जी२०’ व्यापार समुदायको लागि एक आवाजमा बोल्ने गर्दछ ।