सरकारले स्वास्थ्य-शिक्षा क्षेत्र बिगार्यो, शवमा पनि व्यापार हुन्छ : पूर्वप्रधानन्यायाधीश कार्की |
काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले सरकारले स्वास्थ्य-शिक्षामा व्यापार गरिरहेको आरोप लगाएकी छन् । शुक्रवार डिल्लीबजार कन्या बहुमुखी क्याम्पसको वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले यस्तो आरोप लगाएकी हुन् ।
काकीले सरकारले स्वास्थ्य, शिक्षासहितका हरेक कुरामा व्यापार गरिरहेको बताइन् । उनले अहिले आर्यघाटमा पुर्याइएको शवमा पनि व्यापार हुने र जलाउन चन्दा संकलन गर्नुपर्ने अवस्था समाजमा देखिएको बताइन् ।
उनले नागरिकलाई गास, वास र कपासका साथै शिक्षा, स्वास्थ्य र रोजगारीको सुनिश्चितता सरकारले गर्न नसकेको भन्दै दलहरु एउटा कुर्सीको भिडेर बसिरहेको बताइन् । कार्कीले सरकारमा बस्नै सबै व्यापारीहरु रहेको पनि उल्लेख गरिन् ।