नेप्सेमा हिमालयन बैंक र राधी विद्युत कम्पनीको बोनस सेयर सूचीकरण |
काठमाडौं । नेप्सेमा हिमालयन बैंक र राधी विद्युत कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । जसमा हिमालयन बैंकको १ करोड ३ लाख ७४ हजार ९८०.५८ कित्ता बोनस सेयर रहेको छ । बैंकले आर्थिक वर्ष २०७८–७९ को नाफाबाट ८% बोनस सेयर वितरण गरेको थियो । सोही बोनस सेयर सूचीकृत भएको हो ।
यस्तै, नेप्सेमा राधी विद्युत कम्पनीको ७ लाख ५९ हजार ९९०.८४२ कित्ता बोनस सेयर पनि सूचीकृत भएको छ । कम्पनीले आर्थिक वर्ष २०७८–७९ को नाफाबाट ४.७५% बोनस सेयर वितरण गरेको थियो । सोही बोनस सेयर सूचीकृत भएको हो ।