ग्लोबल आइएमई बैंक र नेपाल नेशनल हस्पिटलबीच सम्झौता |

काठमाडौं । ग्लोबल आइएमई बैंक र नेपाल नेशनल हस्पिटलबीच अस्पतालले प्रदान गर्ने विभिन्न सेवा तथा सुविधामा दिइने छुट सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
उक्त सम्भौतापत्रमा नेपाल नेशनल हस्पिटलका बजार व्यवस्थापन प्रबन्धक श्रुती राणा र ग्लोबल आइएमई बैंकका कार्ड बिक्री, वितरण तथा प्रवद्र्घन विभाग प्रमुख रविन्द्र ढकालले हस्ताक्षर गरेका छन् ।
ग्लोबल आइएमई बैंकले आफना ग्राहकलाई बैंकिङ्ग सेवाको अतिरिक्त अन्य सुविधाहरु प्रदान गर्ने उद्देश्यले लामो समयदेखि विभिन्न संस्थासँग समन्वय गरी यस्तो योजनाहरु ल्याइरहेको छ ।
उक्त सम्झौता पश्चात नेपाल नेशनल हस्पिटलमा उपचार गराउँदा ग्लोबल आइएमई बैंकबाट डेबिट, क्रेडिट, प्रिभिलेज कार्ड लिएका बैैंकका ग्राहक तथा ग्लोबल आइएमई बैंकका कर्मचारीले अस्पतालले प्रदान गर्ने विभिन्न सेवामा १५ प्रतिशतसम्म छुट पाउने छन् ।