आइएमईको ‘दशैंमा बीस लाख योजना’को दोस्रो विजेता घोषणा, बिजेन्द्रले एक लाख जिते |

काठमाडौं । इन्टरनेशनल मनी एक्सचेन्ज (आइएमई) ले २०७५ सालको दशैं, तिहार र छठलाई लक्षित गर्दै ल्याएको सेवामुखी कार्यक्रम ‘दशैंमा बीस लाख’ योजना अन्तर्गत दोस्रो महिनाको विजेता घोषणा गरेको छ । रिया मार्फत अमेरिकाबाट नेपालमा आइएमई गर्ने बिजेन्द्र थापा सफ्टवेयर पद्धतिमा आधारित ‘लक्की ड्र’ बाट विजेता घोषित भएका हुन् । थापाले एक लाख रुपैयाँ प्राप्त गरेका छन् ।
कम्पनीका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत रुद्रराज पौडेलले एक कार्यक्रमका बीच थापाको सिफारिसमा उनकी आमा चिनुमाया थापालाई एक लाख रुपैयाँको चेक हस्तान्तरण गरे । २०७५ साल असोज ७ गतेदेखि सुरु भई २०७५ साल मंसिर मसान्तसम्म लागू सेवाग्राहीमुखी योजना अन्तर्गत अहिलेसम्म मासिक ‘लक्की ड्र’ बाट दुईजना विजेता घोषित भएका छन् ।
योजना अवधिभर गरिएको कारोबारलाई आइएमईको सफ्टवेयर पद्धतिमा लिङ्क गरी ‘लक्की ड्र’ बाट विजेता छनोट गरिनेछ । विजेतामध्ये हरेक दिन १० जनालाई ‘आइएमई पे’ मार्फत हजार रुपैयाँको बिल भुक्तानी, हरेक साता एक जनालाई १० हजार नगद, हरेक महिना एक जनालाई एक लाख रुपैयाँ तथा बम्परमा एक भाग्यशालीलाई २० लाख रुपैयाँ नगद प्रदान गर्ने कार्यक्रम थियो ।
कम्पनीले अहिलेसम्म १ सय ८४ आइएमई सेन्टरसहित ७७ जिल्लाका ८ हजार ५ सयभन्दा बढी सब–एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत् विदेशमा कार्यरत नेपालीले कमाएको रकम आफन्तलाई वितरण गर्दैै आएइको छ ।