दिल्लीमा पेट्रोलको मूल्य २०१८ कै न्यून बिन्दुमा |
काठमाडौं । दिल्लीमा पेट्रोलको मूल्य २०१८ कै सस्तो दरमा कायम भएको छ । मंगलवार पेट्रोलको मूल्यमा ७ पैसा कटौती भई ६९ रुपैयाँ ७९ भारु पैसा कायम भएको हो । जनवरीपछि पेट्रोलको मूल्य यो बर्षको सबैभन्दा तल्लो स्तरमा पुगेको हो ।
आइतबार पेट्रोल प्रतिलिटर ७०.०७ रुपैयाँ, सोमबार प्रति लिटर ६९.८६ भारतीय रुपैयाँमा विक्री भएको थियो । दिल्लीमा यस वर्षको यो भन्दा पहिलेको सस्तो मूल्य कायम भएको हो । योभन्दा पहिले जनवरी ४ मा प्रति लिटर ६९.९७ रुपैयाँ कायम भएको थियो ।
विश्व बजारमा सोमबार कच्चा तेलको मूल्यमा ६ प्रतिशतले गिरावट आएसँगै यो बर्षकै सबैभन्दा तल्लो स्तरमा पुगेको थियो ।
विश्वव्यापी तेलको मूल्यमा देखा परेको पछिल्लो गिरावटलाई पछ्याउदै भारतमा पनि पेट्रोलको मूल्यमा गिरावट आएको हो । यो गिरावट भारतका सहरहरु दिल्ली, कोलकाता, मुम्बई र चेन्नाई सबैमा देखा परेको छ । एजेन्सी