हज यात्रीको आवेदन माग, साउदीबाट १२ सय कोटा निर्धारण |
काठमाडौं । सन् २०२३ मा नेपालबाट साउदी अरबमा हज यात्रा गर्न चाहने इस्लाम धर्मावलम्बीहरूलाई आवेदन माग गरिएको छ । गृह मन्त्रालयले बुधबार सूचना जारी गर्दै इच्छुक धर्मावलम्बीहरूलाई आवेदन दिन भनेको हो ।
नेपालबाट १२ सय जान हज गर्नसक्ने गरी साउदी सरकारबाट कोटा निर्धारण भएको जानकारी गृह मन्त्रालयले दिएको छ ।
हज यात्रीले आफ्नो स्थायी ठेगाना भएको जिल्ला प्रशासन कार्यालयमा हजको लागि पहिलो किस्ता दुई लाख २५ हजार बुझाउनुपर्ने छ ।
त्यसका लागि कोभिड –१९ विरुद्धको पूर्ण खोप लगाएको क्यू आर कोडसहितको प्रमाणपत्र अनिवार्य चाहिने गृहस्थित नेपाल हज समितिले जनाएको छ ।