नेप्सेमा २ कम्पनीको बोनस सेयरमा मूल्य समायोजन |
काठमाडौं । नेप्सेमा २ कम्पनीको बोनस सेयरमा मूल्य समायोजन भएको छ । जसमा महिला लघुवित्तको बोनस सेयर समायोजनपछिको भाउ नेप्सेले २७ सय ६५ रुपैयाँ ४२ पैसा निर्धारण गरेको छ ।
नेप्सेले यस कम्पनीको ४७.५०% बोनस सेयरपछिको भाउ समायोजन गरेको हो । कम्पनीले गत वर्षको नाफाबाट ४७.५०% बोनस सेयर र २.५०% नगद लाभांश वितरण गर्दैछ ।
यस्तै, मिथिला लघुवित्तको बोनस सेयर समायोजनपछिको भाउ नेप्सेले ९२१ रुपैयाँ ७४ पैसा निर्धारण गरेको छ । यसको १५% बोनस सेयरपछिको भाउ समायोजन भएको हो ।
यसले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई १५% बोनस सेयर र ०.७८९% नगद लाभांश वितरण गर्दैछ । अब आइतबार यी कम्पनीको सेयर कारोबार समायोजित भाउलाई आधार मानेर खुला हुनेछ ।