सिभिल बैंक र सन नेपाल लाइफ इन्स्योरेन्सबीच बैंकासुरेन्स सम्झौता |

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स र सिभिल बैंकबिच बैंकासुरेन्स सम्झौता भएको छ । सम्झौतामा सन नेपालका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल र सिभिल बैंकका चिफ बिजिनेस अफिसर सुजितकुमार शाक्यले हस्ताक्षर गरेका छन् ।
सम्झौतापछि सिभिल बैंकका सम्पूर्ण ग्राहकहरुले बीमा शुल्क भुक्तानी गर्न, बीमालेख लिन तथा बीमा दाबी भुक्तानी सहज रुपमा सन नेपालबाट प्राप्तगर्न सक्नेछन् । कम्पनीका विभिन्न बीमा लेखहरु सिभिल बैंकका सम्पूर्ण शाखाहरु मार्फत उपलब्ध हुनेछ ।